७ बैशाख २०८१, शुक्रबार
Follow Us

गुल्मीमा यस्ता छन् कांग्रेस उम्मेदवार

नेपालब्रिटेन डट कम्
१५ जेष्ठ २०७४, सोमबार १०:५८

तम्घास । दोस्रो चरणमा हुन लागेको स्थानीय तहको निर्वाचनको लागि गुल्मीमा नेपाली काँग्रेसले नगरपालिका र गाउँपालिका प्रमुख तथा उपप्रमुखका लागि उम्मेदवारको नाम टुङ्गो लगाएको छ । नेपाली काँगेस बिपी स्मृति भवन, तम्घासमा बसेको पटकपटकको बैठक र छलफलबाट उक्त उम्मेदवारहरुको नाम टुङ्गो लगाएको पार्टी सचिव खिलध्वज पन्थीले बताउनुभएको छ ।
पार्टीबाट टुङ्गो लगाइएका उम्मेदवारहरुमा रेसुङ्गा नगरपालिकाको प्रमुखमा भुवनप्रसाद श्रेष्ठ, उपप्रमुखमा अमृता कुँवर, मुसिकोट नगरपालिका प्रमुखमा कृष्णहरि सापकोटा र उपप्रमुखमा विष्णुकुमारी सापकोटा रहनुभएको छ ।
गाउँपालिकाहरुमा कालीगण्डकी गाउँपालिका प्रमुखमा बेद मगर र उपप्रमुखमा कमला पाण्डे, सत्यवती गाउँपालिका प्रमुखमा पारिश्वर ढकाल, चन्द्रकोट गाउँपालिका प्रमुखमा दोर्णबहादुर खत्री र उपप्रमुखमा भगवती अर्याल, रुरु गाउँपालिका उपप्रमुखमा देवेन्द्र मल्ल, छत्रकोट गाउँपालिका प्रमुखमा अनन्तराम पौडेल, गुल्मी दरबार गाउँपालिका प्रमुखमा अशोककुमार थापा र उपप्रमुखमा मीना भण्डारी, ईश्मा गाउँपालिका प्रमुखमा चन्द्रबहादुर महत, मदाने गाउँपालिका प्रमुखमा महेन्द्र कुँवर र उपप्रमुखमा सुशीला भुसाल, मालिका गाउँपालिका प्रमुखमा ज्ञानबहादुर कार्की र उपप्रमुखमा सीता अर्याल र धुर्कोट गाउँपालिका प्रमुखमा महेन्द्रप्रसाद भण्डारी रहनुभएको छ ।
काँग्रेसले स्थानीयस्तरमा एमालेबाहेकका अन्य दलसँग तालमेलका लागि छलफल सुरु गरेका कारण रुरु गाउँपालिकामा गाउँपालिका प्रमुख, सत्यवतीमा उपप्रमुख, छत्रकोटमा उपप्रमुख, इस्मामा उपप्रमुख र धुर्कोटमा उपप्रमुख गरी एक प्रमुखसहित चार उपप्रमुखका लागि नाम सार्वजनिक गरेको छैन । वडाहरुमा भने आज बेलुकीसम्म सबै उम्मेदवारको नाम टुङ्गाइसक्ने पार्टी सचिव पन्थीले बताउनुभएको छ ।
स्थानीयस्तरमा माओवादीसँग केही गाउँपालिकामा तालमेलका लागि छलफल जारी रहेका कारण एक दुई स्थानमा प्रमुख तथा उपप्रमुखको नामावली फेरबदल हुनसक्ने बताइएको छ । काँगे्रसबाहेकका अन्य दलले यसअघि नै नगरपालिका र गाउँपालिकामा उम्मेदवारको नाम टुङ्गो लगाइसकेका छन् ।