७ बैशाख २०८१, शुक्रबार
Follow Us

दोस्रो चरणको निर्वाचन असार ९ गतेलाई स-यो

नेपालब्रिटेन डट कम्
१५ जेष्ठ २०७४, सोमबार ११:२१

काठमाडौं । आउँदो जेठ ३१ गते गर्ने भनिएको दोस्रो चरणको स्थानीय तह निर्वाचन असार ९ गते शुक्रबारका दिन हुने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले पहिलो चरणको निर्वाचनमा असहमति राख्दै सहभागी नहुने दलहरूलाई समेत दोस्रो चरणको निर्वाचनमा सहभागी गराउन असार ९ गतेको मिति तय गरिएको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।
“खासगरी मुस्लिम समुदायको पवित्र रमजान चाडलाई ध्यानमा राख्दै असार ९ गते दोस्रो चरणको निर्वाचन गर्ने भनिएको छ, त्यो प्रस्तावलाई छलफलका लागि व्यवस्थापिका–संसद्मा लगिँदैछ”, सरकारका प्रवक्तासमेत रहनुभएका कार्कीले भन्नुभयो ।
समाचार स्रोतका अनुसार दल दर्ता र चुनाव चिन्ह दिए राजपा निर्वाचनमा जान सहमत भएको हो । त्यसका लागि फास्ट ट्रयाकबाट आवश्यक ऐन कानुन संशोधन गर्नका लागि एक साताको समय लाग्ने भएकाले असार ९ गतेका लागि नयाँ निर्वाचन मिति तोकिएको हो । यसका लागि आज सोमबार निर्वाचन आयोगले छलफल भएको थियो । निर्वाचन आयोगले आफ्नो राय दिएपछि सरकारले नयाँ मिति तोकेको हो ।