८ बैशाख २०८१, शनिबार
Follow Us

बेलायतमा सकरात्मक सोच समूहको गठन

नेपालब्रिटेन डट कम्
१५ जेष्ठ २०७४, सोमबार १३:५९

बेलायतको नेपाली समुदायमा हुने सर्बाधिक चर्चित र भब्य कार्यक्रम गोर्खा कप फुटबल महोत्सव बीच कर्ण शाक्य द्वारा सुरुवात गरिएको सकारात्मक सोच
अभियानको उद्घाटन गरियो । सफल उद्यमी तथा पर्यटन ब्यवसायी कर्ण शाक्य एक कुशल लेखक र उत्प्रेरक पनि हुन् । उनको सर्वाधिक सफल पुस्तक सोचको कथामा
आधारित रहेर चलचित्र निर्माण देखि विभिन्न प्रेरणा, हौसला र सकारात्मक भावनाका कार्यक्रम हुंदै आएका छन् । उनको सोच, खोज हुंदै मोज नामक पुस्तकहरु चर्चित छन् । उनले कर्ण शाक्य सकारात्मक कोष नामक कल्याणकारी कोष सञ्चालन गरेर अभियान पनि चालेका छन् । सकारात्मक सोचको पुस्तकले
दिएको सफलतापछि हालै उनी सोच समूह गठन गरि सकारात्मक उर्जा प्रसार गर्ने अभियानमा लागेका छन् ।
सकारात्मक सोचले व्यक्ति, समाज हुंदै देशमा परिवर्तन ल्याउने उद्देश्यले सुरु भएको अभियान अन्तर्गत ‘बेलायत सोच समूह’ को प्रथम भेला संगै अल्डरसटमा गोर्खा कप संगैको मैदानमा छुट्टै किसिमले ताम झामनगरी समुद्घाटन गरिएको हो । भेलाको संयोजन रिटायर्ड मेजर डम्बर घलेले गर्नु भएको थियो भने संयोजनमा जगन कार्की र कृष्ण प्रशाद शर्माले साथ् दिएका थिए । यस समूहमा जुनसुकै पार्टी, जात वा धर्म मान्नेहरु आवद्ध हुन सक्ने र समूहको जात, पहिचान, धर्म र कर्म मात्र नेपाली हुने र यस समूहमा आबद्ध हुँदा आफ्नो संगठन , दल र आडम्बरको टोपीलाइ खोलेर एक जिम्मेवार नागरिक भएर समान हैसियतमा उपस्थित हुनु पर्ने सहयोगी अभियन्ता कृष्ण शर्माले बताए ।
सकारात्मक सोच हरेक दल, जात, क्षेत्र, धर्म लिंगका व्यक्तिमा जरुरी छ । वर्तमान परिवेशमा जात, क्षेत्र, धर्ममा विभाजन भएर विखण्डित समाजलाई सोच
समूहले सकारात्मक भाव, कर्महरु मार्फत सह अस्तित्व स्थापित गराई एक सुत्रमा बांध्न सक्ने भएकाले आफू यो अभियानमा लागेको भेलाको संयोजन गरिरहेका डमर घलेले बताए । यो समूह बेलायतका सबै क्षेत्रमा बिस्तार गर्न सकिने इच्छुक हरुले बेलायतको जुनसुकै सहरमा गठन गर्न अनुरोध गर्दै प्रत्यक महिना भेला भएर सकारात्मक सम्बाद गर्न सकिने भन्दै अबको आउँदो बेलायत सोच समूहको भेला कर्ण शाक्यको उपस्थितिमा भब्यरुपमा कुनै सार्थक नतिजा र उदेस्य सहित हुने कार्यक्रमका सहयोगी अभियन्ता जगन कार्कीले बताए ।
यस समूहको आचार संहिता :IMG_5176

IMG_5177