१५ चैत्र २०८०, बिहीबार
Follow Us

महाभियोग प्रस्ताव फिर्ता

नेपालब्रिटेन डट कम्
१५ जेष्ठ २०७४, सोमबार १४:१९

काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोगको प्रस्ताव फिर्ता भएको छ । उक्त प्रस्तावका प्रस्तावक सांसद मीनबहादुर विश्वकर्मा र समर्थक टेकबहादुर बस्नेतले सभामुख ओनसरी घर्तीलाई त्यससम्बन्धी लिखित जानकारी दिँदै उहाँहरुले प्रस्ताव फिर्ता लिनुभएको हो ।
‘संविधान कार्यान्वयनको यो संवेदनशील घडीमा संविधानबमोजिम स्थापित राज्यका अङ्गहरुले संविधानको उद्देश्यअनुरुप काम गर्नुपर्ने बृहत्तर आवश्यकतालाई ध्यानमा राख्दै संवैधानिक अङ्गहरुका बीचमा सौहार्दता, सकारात्मक सहयोग र समझदारीको अपेक्षा गर्दै’ प्रस्ताव फिर्ता लिइएको सांसदद्वयले सभामुखलाई दिएको सूचनामा जनाइएको छ ।