१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा शाहको उम्मेद्वारी घोषणा

नेपालब्रिटेन डट कम्
१६ जेष्ठ २०७४, मंगलवार ०६:३०

अष्ट्रेलिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलिया को अध्यक्ष पदमा स्वतन्त्र प्रताप शाहले आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् । एनआरएन अष्ट्रेलियाको आगामी कार्यकालको लागि जुलाई आठ तारिखमा हुन गइरहेको निर्वाचनको लागि उनले उम्मेद्वारी घोषणा गरेका हुन् । अध्यक्षका उमेद्वार शाहले सामाजिक हीत र भाईचारा अभिवृद्धि गर्ने उद्देश्यले निरन्तर नेपाल र नेपालीसँग सम्बन्धित कृयाकलापहरुमा आफ्नो संलग्नतालाई निरन्तरता दिने बताए ।
अष्ट्रेलियास्थित नेपाली समुदाय र नेपाली संघसंस्थाबीच सम्बन्ध र सहकार्य बढाउँदै, अष्ट्रेलियाको नेपाली समाजलाई मातृभूमीसँग सामाजिक र साँस्कृतिक रुपमा जोड्न विभिन्न मौलिक कार्यक्रम आयोजना गर्ने कुरामा विशेष ध्यान दिने शाहको प्रतिवद्धता छ । शाहले सन् २००९ देखि २०१५ सम्मको कार्यकालमा एनआरएनए अष्ट्रेलियाको उपाध्यक्ष पदमा रहेर काम गरिसकेका छन् ।