१५ चैत्र २०८०, बिहीबार
Follow Us

सहमतीय सरकार गठनका लागि देउवाद्वारा पहल

नेपालब्रिटेन डट कम्
१६ जेष्ठ २०७४, मंगलवार ०६:५७

काठमाडौं । सहमतीय सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सकिन लागेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा सरकार गठनको पहल सुरु गरेका छन् । कांग्रेस सभापति देउवाले सहमतीय सरकारको गठनका लागि सर्वदलीय बैठक आह्वान गरेका छन् ।
संसद भवन बानेश्वरमा बसिरहेको सर्वदलीय बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने अधिकांश दलका नेता सहभागी छन् । बैठकमा कांग्रेस सभापति देउवाले आफ्नो नेतृत्वमा सहमतीय सरकार गठनका लागि सहयोग गर्न आग्रह गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिएपछि राष्ट्रपति भण्डारीले बिहीबार सहमतीय सरकारका लागि सात दिनको समय दिएकी थिइन् । राष्ट्रपतिले दिएको सहमतीय सरकार गठनको समयसीमा बुधबार सकिँदैछ ।