१५ चैत्र २०८०, बिहीबार
Follow Us

गोर्खा कपमा प्रमुख अतिथि नपाए पछि राजदूत डा.सुवेदी आक्रोसित (भिडियो)

नेपालब्रिटेन डट कम्
१६ जेष्ठ २०७४, मंगलवार ०९:०९

लन्डन । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले आइतवार सम्पन्न १५ औं गोर्खा कपमा आफ्नो अपमान भएको अभिव्यक्ति दिएका छन् । नेपालीमाँझ बेलायतमा सर्वाधिक लोकप्रिय मानिएको सो प्रतियोगिता हेर्न अतिथिका रुपमा पुगेका डा. सुवेदीलाई आयोजकले दोस्रो पंक्तिमा राखेपछि राजदूत सुवेदीको यस्तो अभिव्यक्ति आएको हो । उनले आक्रोसित मुद्रामा भने, ‘गोर्खा कप प्रतियोगितामा नेपालीको शिर झुकाउने काम भएको छ ।’
तमुधिं यूकेले हरेक वर्ष आयोजना गर्ने सो प्रतियोगितामा प्रमुख अतिथि राजदूत सुवेदीको सट्टा स्थानीय मेयर सोफिया चौधरीलाई बनाएको थियो । आफूलाई वडाध्यक्षको जति पनि सम्मान नगरेको भन्दै तमुधिं यूकेले नेपालीको शिर झुकाउने काम गरेको आरोप राजदूत डा. सुवेदीले लगाए ।

नेपाली दूतावास लन्डनद्वारा सोमवार दूतावास भवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत सुवेदीले भने, ‘बरु कार्यक्रममा राजदूतलाई नबोलाउनुहोस्, तर बोलाइसकेपछि विदेशीको माँझमा यो नेपाली टोपी लगाएको राजदूतको शिर नझुकाउनुहोस् । राजदूतको शिर झुक्ने भनेको बेलायतमा बसोबास गर्ने १ लाख ५० हजार नेपालीको शिर झुक्नु हो, म ती नेपालीको शिर झुक्न दिन्न ।’
राजदूत डा. सुवेदीले तमुधिं यूकेमाथि आक्रोस पोख्दा कार्यक्रममा उपस्थित तमुधिं यूकेका अध्यक्ष ज्ञाम गुरुङ, पूर्व अध्यक्षद्वय कमल गुरुङ र मुछेत्र गुरुङ मुखदर्शक भए । राजदूत डा. सुवेदीले आफूलाई वडाध्यक्ष नठान्न आग्रह गर्दै सबैलाई कर्म गर्दा म नेपाली र मेरो जन्मभूमि नेपाल भनेर सोच्न र हाँसेर बाँच्न राजदूत सुवेदीले आग्रह गरे ।

[democracy id=”6″]
18699982_1845575775763134_5375897131691297847_n