१४ बैशाख २०८१, शुक्रबार
Follow Us

चुनावको मिति रमजानको अन्तिम शुक्रबार नपार्न साझा पार्टीको आग्रह

नेपालब्रिटेन डट कम्
१६ जेष्ठ २०७४, मंगलवार १३:२४

सरकारले स्थानीय तहको दोस्रो चरणको चुनावको पूर्व निर्धारित मिति सारेर आउँदो असार ९ गतेका लागि तोकेको सर्वविदितै छ।

उक्त दिन इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको अन्तिम शुक्रबार परेको छ, जुन एक महिने व्रत (रोजा) का बेला अझ महत्वपूर्ण मानिन्छ।

इस्लाम धर्मावलम्बीको महान चाड ईद-उल-फित्रको दुई-तीन दिनअघि र रमजानको अन्तिम शुक्रबार चुनावको मिति राखिएकोले त्यसबारे अविलम्ब पुनर्विचार गर्न साझा पार्टी आग्रह गर्दछ।

पछिल्लो जनगणना अनुसार नेपालमा १२ लाख भन्दा बढी इस्लाम धर्मावलम्बी छन् र उनीहरूका लागि उक्त मिति अनुकूल हुन सक्दैन।

डा सुर्यराज आचार्य

प्रवक्ता, साझा पार्टी

केन्द्रीय कार्यालय, ललितपुर