१४ बैशाख २०८१, शुक्रबार
Follow Us

‘लोकगायक खडग गर्बुजा लण्डन विमानस्थलबाटै डिपोट’

नेपालब्रिटेन डट कम्
१७ जेष्ठ २०७४, बुधबार १६:०४

नवीन पोखरेल । लन्डन । २१ मे साँझ बेलायतस्थित नेपाली पत्रकारहरू आपत्कालीन कोषका लागि एउटा च्यारिटीमा व्यस्त थिए । नेपालबाट लोकगायक खडग गर्बुजा आउने तय थियो । तर, दुर्भाग्य च्यारिटीको अघिल्लो दिन हिथ्रो ओर्लिएपछि अध्यागमनको केरकारमा परे । गर्बुजा व्यक्तिगत स्पोन्सरसिपमा भिजिट भिसा लिएर चौथोपटक यूके आउँदै थिए ।

२७ वर्षदेखि नेपाली लोक संगीतमा लागेर ९ सय हाराहारी गीत गाइसकेका गर्बुजालाई बेलायत अध्यागमनले विमानस्थलमै रोकिदियो । ‘विगतमा भिजिट भिसामा आएर अर्थ आर्जन गरेको आरोप लगाए,’ नेपाल फर्किएपछि गर्बुजाले भने, ‘नियमतस् इन्टरटेनर वा वर्क परमिट भिजा लिनुपर्ने हो । हामीले उनीहरूलाई कन्भिन्स गर्न सकिएन ।’

यसअघि गायिका दुर्गा परियारलाई पनि बेलायत अध्यागमनले फर्काइदिएको थियो । यी त केही उदाहरण हुन् । भिजिट भिसा लिएर बेलायत छिर्ने अनि गाउने क्रम बढेपछि बेलायत
सरकारले निगरानी बढाउन थालेको सरोकारवाला बताउँछन् । भिजाको क्याटेगोरी विपरीत र कर नतिरी गाउनु यहाँ गैरकानुनी मानिन्छ ।

इमिडिया हब लि यूकेले अहिले गायिका मेलिना राई र गायक रेवत राई झिकाएर बेलायतमा ‘एभरेस्ट म्युजिकल ब्लास्ट’ कार्यक्रम गरिरहेको छ । उक्त कम्पनीका हेड अफ इन्टरटेन्मेन्ट किसन राईका अनुसार ‘शिरैमा शिरबन्दी’, ‘कम्मरमाथि पटुकी’ लगायत चर्चित गीतकी गायिका मेलिना र रेवतले बेलायतमा झन्डै ८ सहरमा कार्यक्रम गर्दै छन् ।

मेलिना र रेवत पनि भिजिट भिसामा आएको जनाउँदै किसनले भने, ‘सीडी बोकेर आउँदा इमिग्रेसनले अप्ठ्यारो पार्न सक्छ । तर, आफ्नो कला संस्कृति जगेर्नाका लागि पैसा नलिई गाउने गेस्ट आर्टिस्ट हुँ भने फरक पर्दैन ।’ मेलिना, रेवतकोलटमा नृत्यांगना माला लिम्बूको भने भिसा लागेन ।

कलाकारहरू च्यारिटी र कमर्सियल सोका लागि बेलायत आउँछन् । छोटो समयका लागि इन्टरटेनर र वर्ष दिनसम्मको टियर ५ ९टेम्पोररी वर्कर क्रिएटिभ एन्ड स्पोर्टिङ० भिसा लिन सकिन्छ । इन्टरटेनर भिसा दिनेरनदिने कलाकारको प्रोफाइल, बैंक स्टेटमेन्ट र झिकाउने कम्पनीको प्रतिष्ठामा निर्भर हुन्छ भने टियर फाइभ भिसा कम्पनीको प्रायोजन क्षमता मूल्यांकनले मात्र दिइने सोलिसिटर राजु थापा बताउँछन् ।

नेपालबाट करिब ७० कलाकार बेलायत झिकाइसकेका सपन इन्टरटेनमेन्ट लि।का प्रबन्ध निर्देशक सपनकुमार राईले टियर फाइभ स्पोन्सरसिप लाइसेन्स बाहक आफ्नो एकमात्र निजी कम्पनी भएको दाबी गर्दै भिजिट भिसामा आएर कार्यक्रम गर्नु गैरकानुनी भएको बताए । बेलायत आइसकेपछि कतिपय कलाकारले दोहोरीदेखि सामान्य रेस्टुरेन्ट र व्यक्तिगत भोजभतेरमा समेत गएर गाइदिने क्रम बढेपछि अग्रज कलाकार असन्तुष्ट देखिएका छन् ।