११ बैशाख २०८१, मंगलवार
Follow Us

उत्प्रेरक तालिम आजबाट

नेपालब्रिटेन डट कम्
१८ जेष्ठ २०७४, बिहीबार १३:१८

चितवन । परिवारबाट पुस्तान्तरण बिचको भुमिका सम्बन्धि बिहिबार भरतपुर ५ नमुना कल्याणकारी आश्रमद्मा उत्प्रेरक तालिम आजबाट सुरु गरीएको छ । कार्यक्रममा महिला तथा बालबालिका कार्यालय चितवनकी प्रमुख शान्ता कुमारी पौडेल प्रमुख अतिथिको रुपमा रहनु भएको थियो । कार्यक्रममा बोल्दै उहाले छोरी बुहारी बिच घरमा बिमेल हुन्छ भन्ने भ्रमलाइ यस्ता कार्यक्रमले चिर्ने बताउनुभयो ।
परिवार नै समाजको अंग भएको भन्दै नमुना समाज निर्माणका लागि परीवारका सबै सदस्यहरुको प्रमुख भुमिका रहने उल्लेख गर्नुभयो । कार्यक्रमको अध्यक्षताको रुपमा रहनु भएकी उमा रेग्मीले ज्येष्ठ नागरीक हाम्रा परीवारका सदस्यहरुको धेरै खालका अनुभब युबा पिढिको मार्ग दर्शक हुने बताउदै युबा पिढिको सोच र मानसिकता ज्येष्ठ पिढिले आत्मसाथ गर्नुपर्ने बताउनुभयो । तीन दिनसम्म चल्ने सो कार्यक्रम नेपाल महिला संग केन्द्रीय अध्यक्ष उमा रेग्मी र प्राध्यापक महेश अधिकारिले सहजिकरण गर्नु भएको थियो ।
कार्यक्रममा देबघाट क्षेत्र बिकाश समितिका सदस्य गिता भट्टराई, ज्येष्ठ नागरीक संघ चितवनका अध्यक्ष धुर्बराज अर्याल, आश्रमका टिकाराम अधिकारी, समाजसेबि छलीकुमारी शर्मा, बिर्ख बहादुर अधिकारी लगायतले बोल्नुभएको थियो । पहिलो दिनको कार्यक्रम मा १० पुरुष र ३५ महिला सहभागि भएका थिए ।