८ बैशाख २०८१, शनिबार
Follow Us

दूतावाससँग सहकार्य गछौं — तमधिं यूके

नेपालब्रिटेन डट कम्
१८ जेष्ठ २०७४, बिहीबार १३:४३

लण्डन । तमुधिं यूकेले नेपाली दूतावाससंघ सहकार्य गरेर अगाडी बढ्न इच्छुक रहेको जनाएको छ ।
तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङले बिहीबार एक विज्ञप्ति जारी गर्दै संस्थाले गोर्खा कपमा राजदूत डा. सुवेदीको गरिमा र मर्यादामा केही कमी कमजोरी भएको वताउदैं आगामी दिनमा सुधार गरिने जनाएका छन् ।

विज्ञप्तिमा संस्थाले नेपाली दूतावाससंग सहकार्य गरेर आगामी दिनमा नेपाली मेला, गोर्खा कप लगायत नेपाल र नेपालीको हित र कल्याण हुने कार्यमा अझ अग्रसर भई कार्य गर्न सदैव इच्छुक रहेको व्यहोरा समेत अवगत गराएको छ ।

विज्ञप्तिमा बेलायतमा नेपालीको सबैभन्दा ठूलो जातीय संस्था तमु धिं यूकेले व्यवस्थापकीय कमजोरी सुधार गर्दै आगामी दिनमा पुनरावलोकन गर्न तयार रहेको जनाएको छ ।
भविष्यमा नेपाली राजदूतको समुपस्थिति हुने समारोहमा राजदूत पदको गरिमा, मर्यादा र सम्मानप्रति आफू पूर्णरुपले सचेत हुने प्रतिवद्धता समेत तमुधिं यूकेले व्यक्त गरेको छ ।