१४ बैशाख २०८१, शुक्रबार
Follow Us

संसदको बैठक आईतबारसम्मका लागि स्थगित

नेपालब्रिटेन डट कम्
१८ जेष्ठ २०७४, बिहीबार १४:०६

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका कारण व्यवस्थापिका संसदको बैठक आज पनि सूचारु हुन सकेन् । भरतपुर महानगरपालिकाको स्थगित मतगणना सुरु नगरिएको भन्दै एमालेले अबरोध गरेपछि बैठक २१ गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो ।
सभामुख ओनसरी घर्तीले बैठक सुरु भएको घोषणा गरे लगत्तै एमालेका सांसद्हरु आ–आफ्नो ठाउँमा उभिएर विरोध जनाएका थिए । बुधवार पनि एमालेको अवरोधका संसद बैठक चल्न सकेको थिएन ।
एमालेले भरतपुरको मतगणनालाई निरन्तरता दिनुपर्ने अडान लिएको छ भने नेपाली कांग्रेस र माओवादी केन्द्रले भरतपुरको १९ नम्बर वडामा पुनः मतदान हुनुपर्ने माग गर्दै आएको छ । माओवादी केन्द्रका गणना प्रतिनिधिले मतपत्र च्यातेपछि आइतबार रातिदेखि भरतपुर महानगरमा मतगणना रोकिएको छ ।