१५ चैत्र २०८०, बिहीबार
Follow Us

तमुधिं यूकेको सबै कार्यक्रममा सहयोग रहन्छ — नेपाली दूतावास, लन्डन

नेपालब्रिटेन डट कम्
१८ जेष्ठ २०७४, बिहीबार १५:१७

लन्डन । नेपाली दूतावास लन्डनले तमुधिं यूकेको आयोजनामा हुने सबै कार्यक्रममा निरन्तर सहयोग रहने जनाएको छ । विहीवार नेपाली दूतावास लन्डनका प्रवक्ता शरदराज आरणले एक विज्ञप्ति जारी गर्दै उक्त कुरा वताएका हुन् ।

विज्ञप्तिमा तमु धिं यू.के.ले नेपाल र नेपालीको हित, वेलायतमा रहेका नेपालीबीच वन्धुत्व र सौहार्दता अभिवृद्धि एवं नेपाली संस्कृति र पर्यटन प्रवद्र्धनका लागि आयोजना गर्ने गोर्खा कप, नेपाली मेला लगायत अन्य कार्यक्रममा यस राजदूतावासको निरन्तर सहयोग रहने उल्लेख छ ।

दूतावासले बेलायतमा क्रियाशिल अनलाइन समाचार तथा विभिन्न व्यक्तिहरुको फेसबुक जस्ता सामाजिक सञ्जालमा प्रवाहित विभिन्न टिका टिप्पणीप्रति नेपाली राजदूतावास, लण्डनको गम्भीर ध्यानाकर्षण भएको समेत जनाएको छ ।

यस्तै विज्ञप्तिमा तमुधिं यूकेले बेलायतमा नेपाल र नेपालीको पहिचान र प्रतिष्ठा बढाउन गरेको योगदान र बेलायतको नेपाली समाजमा भातृत्व, एकता, सहिष्णुता र समझदारी अभिवृद्धि गर्न गरिरहेका कार्य र कार्यक्रमहरुप्रति नेपाली राजदूतावासको उच्च सम्मान र कदरको भाव रहेको उल्लेख छ ।

तमुधिं यूकेले नेपाल र नेपालीको हित, वेलायतमा रहेका नेपालीबीच वन्धुत्व र सौहार्दता अभिवृद्धि एवं नेपाली संस्कृति र पर्यटन प्रवद्र्धनका लागि आयोजना गर्ने गोर्खा कप, नेपाली मेला लगायत अन्य कार्यक्रममा यस राजदूतावासको निरन्तर सहयोग रहने समेत विज्ञप्तिमा उल्लेख छ ।

यसअघि तमुधिं यूकेले छुट्टै विज्ञप्ति जारी गर्दै नेपाली दूतावाससंग सहकार्य गरेर अगाडी बढ्ने जनाएको छ । आइतवार सम्पन्न गोर्खा कपमा नेपाली राजदूत डा. दूर्गा वहादुर सुवेदीले आफ्नो मर्यादा ख्याल नगरेको भन्दै तमुधिं यूके माथि आरोप लगाए पछि दुवै संस्था बीच विवाद उत्पन्न भएको थियो । पछिला दुई विज्ञप्ति पछि विवाद साम्य हुने अपेक्षा गरिएको छ ।