६ बैशाख २०८१, बिहीबार
Follow Us

साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्र तराईमा जग्गा किन्दै

नेपालब्रिटेन डट कम्
१९ जेष्ठ २०७४, शुक्रबार १३:२५

काठमाडौं । साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले मोरङ र सुनसरीमा जग्गा किनेर हालै राजधानी फर्केका छन् । उनले मोरङमा ३ बिघा १४ कठ्ठा र सुनसरीमा साढे ३ बिघा जग्गा किनेर राजधानी फर्किका हुन् । पर्सामा यसअघि नै केही जमिन किनिसकेको बताइएको छ । उनलाई माओवादीका पूर्व नेता मुमाराम खनालले जग्गा खरिदमा सहयोग गरिरहेका छन् ।
मोरङमा जयप्रकाश चौधरीको जग्गा उनले बाटोपट्टिको ३० लाख रुपैयाँ र भित्रीसाइटको २० लाख रुपैयाँ विघाले किनेका हुन् । समाचारस्रोतका अनुसार अध्यक्ष मिश्रले उक्त क्षेत्रमा गरिब समुदायलाई आवास गृह बनाइदिन जग्गा किनेको बताइएको छ । जग्गा खरिदसँगै उनले मोरङको बुढीजंगा गाउँपालिकामा पर्ने टङग्राह, हात्तीमुडा र सिसमुनी बडराका ३ सय ४६ जना परिवारको लगत संकलन गरेका छन् । उक्त क्षेत्रमा मुसर, बाँतर र थारु समुदायको बसोबास छ ।
सुनसरीको भलवामा अध्यक्ष मिश्रले ३ बिघा जमिन किनेका छन् । उक्त जग्गामा पनि गरिब परिवारका लागि आवास गृह बनाइने बताइएको छ । उक्त क्षेत्रमा थारु समुदायको बसोबास बढी पर्छ ।
दुई महिनाभित्र परियोजना सञ्चालन आउने र पाँच महिनाभित्र आवासगृह बनिसक्ने दाबी गरिएको छ । मधेशबाटै राजनीति सुरु गर्ने अध्यक्ष मिश्रको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘पहिला काम गरेर देखाउनु दिनुहोस्, त्यसपछि राजनीति गरौंला ।’