७ बैशाख २०८१, शुक्रबार
Follow Us

भ्रष्टाचारको आरोपमा राजस्व विभागका महानिर्देशक शर्मा पक्राउ

नेपालब्रिटेन डट कम्
१९ जेष्ठ २०७४, शुक्रबार १३:३४

काठमाडौं । आन्तरिक राजश्व विभागका महानिर्देशक अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । अख्तियारले महानिर्देशक चुडामणि शर्मालाई कर फछ्र्यौट आयोगमार्फत भएको निर्णयबारे सोधपुछ गर्न शुक्रबार बोलाए पनि नगएपछि उनलाई पक्राउ गरेको हो । शर्मामाथि विभिन्न व्यक्तिले उजुरी दिएको र ती उजुरीमाथि प्रारम्भिक छानबिन गरी थप अनुसन्धानका लागि शर्मालाई नै पक्राउ गरिएको अख्तियारले जनाएको छ । शर्मामाथि छानबिन भइरहेको अख्तियार उच्च स्रोतले बतायो । उनले तीन अर्ब हाराहारी सम्पती कमाएको अख्तियारको अनुमान थियो ।