६ बैशाख २०८१, बिहीबार
Follow Us

म्हैपीबाट रु ३२ लाख लुट

नेपालब्रिटेन डट कम्
१९ जेष्ठ २०७४, शुक्रबार १३:५५

काठमाडौं । स्थानीय म्हैपीबाट दुई जनाका साथमा रहेको रु ३२ लाख लुटिएको छ । महाराजगन्जस्थित एनएमएबी बैंकबाट रकम लिएर गइरहेका रोशन बोगटी र नरेन्द्रकमार विकबाट सो रकम लुटिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक प्रद्युम्नकुमार कार्कीले जानकारी दिनुभयो ।
पीडितले आफूहरुले बैंकबाट झिकेको रु २२ लाख र आफ्ना साथमा रहेको रु १० लाख गरी रु ३२ लाख लिएर हिँडिरहेका अवस्थामा बा४५प ४५२५ नंको पल्सरमा आएका दुई जनाले सो रकम लुटेको प्रहरीलाई बताएका छन् । जग्गाको कारोबारका लागि आफूहरुले सो रकम लिएर हिँडेको विक र बोगटीले प्रहरीलाई जानकारी दिएका छन् । प्रवक्ता कार्कीले घटनाका दोेषी पहिचान नजिक पुगिसकिएको जानकारी दिँदै उनीहरु छिट्टै पक्राउ पर्ने बताउनुभयो ।