May 29, 2020
9:11 PM | 1:56 AM

नेपाल –अमेरिका सांस्कृतिक मेला सुरु

  3rd June 2017 मा प्रकाशित

पोखरा । नेपाल–अमेरिकाबीच दौत्य सम्बन्ध स्थापना भएको ७० औँं वर्ष पुगेको उपलक्षमा पोखराको प्रदर्शनी केन्द्रमा नेपाल–अमेरिका सांस्कृतिक मेला सुरु भएको छ ।
काठमाडौंस्थित अमेरिकी दूतावास र एनसेलको सहयोगमा भएकोे सो सांस्कृतिक मेलामा अमेरिकी गायक कोकायी, जुनियस ब्रिकहाउस , नेपाली कलाकार इन्दिरा जोशी, सविन राईले आफ्नो प्रस्तुति राखेका थिए । सांगितिक कार्यक्रम, ब्रेकडान्स, प्रत्यक्ष भित्तेचित्र, फेसपेन्टिङ र बालबालिकाका खेल मेलाका थप आकर्षण रहेका छन् ।

प्रतिक्रिया