१४ बैशाख २०८१, शुक्रबार
Follow Us

सेयर बजार : दुई अर्ब बढीको कारोबार

नेपालब्रिटेन डट कम्
२० जेष्ठ २०७४, शनिबार १२:२५

काठमाडौं । धितोपत्र बजारमा यस साता रु दुई अर्ब ८४ करोड ८३ लाख ४१ हजार बराबरको कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जकाअनुसार ५१ लाख २१ हजार १६० कित्ता सेयर कारोबार भएको छ । कारोबार रकम गत साताको भन्दा ५ दशमलव ८१ प्रतिशत बढी हो । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ११ दशमलव २७ अङ्कले घटेर अन्तिम दिन एक हजार ६०४ दशमलव ३१ अङ्कमा पुगेको छ ।
‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा दुई दशमलव ९४ अङ्कले घटेर ३४० दशमलव ३४ अङ्कमा आइपुगेको छ । यस साता कारोबार रकमका आधारमा स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको रु १७ करोड ९२ लाख ५० हजार बराबरको सेयर कारोबार भएको थियो । कारोबार भएको सेयर सङ्ख्याका आधारमा सिद्धार्थ बैंक कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकका दुई लाख ४७ हजार कित्ता सेयर कारोबार भएको थियो ।