७ बैशाख २०८१, शुक्रबार
Follow Us

मानव तस्करको योजनामा कुवेतबाट देश निकाला

नेपालब्रिटेन डट कम्
२० जेष्ठ २०७४, शनिबार १२:३३

काठमाडौं । नेपाली जनप्रगतिशील मञ्च कुवेतका अध्यक्ष धावा ठोकरले आफूलाई अन्यायपूर्वक कुवेतबाट नेपाल फिर्ता पठाइएको दाबी गर्नुभएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा वैदेशिक रोजगारीका लागि २०६३ सालमा आफू पहिलोपटक कुवेत गएको र नेपाल फर्किएर पछिल्लोपटक ६ वर्षअघि कुवेत गएर लगातार कुवेत बस्दै आएको जानकारी दिनुभयो ।
कुवेतमा नेपालबाट महिला तस्करी भइरहेको विषयमा आफू र आफ्नो सङ्गठनले विरोध गरेको कारण मानव तस्करले आफूलाई षड्यन्त्र गरी फसाएको उहाँको दाबी छ ।
गत चैत १८ गते कुवेतको मङ्गाप सहरबाट आफूलाई अज्ञात समूहले अपहरण गरी कुवेत प्रहरीलाई बुझाएको र आफूलाई प्रहरीले अवैध मदिरा राखेको आरोप लगाई एक महिना जेलमा राखी नेपाल फर्काइएको उहाँको भनाइ छ । एक महिना जेलमा रहँदा आफ्नो साथी भाइ, मालिक र वकिल कसैसँग भेट्न नदिएको उहाँले गुनासो गर्नुभयो ।