१५ बैशाख २०८१, शनिबार
Follow Us

‘शर्मालाई सात दिन थुनेर अनुसन्धान गर्नु’

नेपालब्रिटेन डट कम्
२१ जेष्ठ २०७४, आईतवार ०८:०६

काठमाडौं । अख्तियार दुरुपयोग अनुन्धान आयोगबाट भ्रष्टाचार अभियोगमा पक्राउ परेका आन्तरिक राजश्व विभागका महानिर्देशक चूडामणि शर्मालाई विशेष अदालतले थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । शुक्रबार भ्रष्टाचारको अभियोगमा पक्राउ परेका शर्मालाई म्याद थपको लागि आज अदालत लगिएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सादा पोसाकका सुरक्षाकर्मी समेतको उच्च सुरक्षा घेरामा शर्मालाई आईतबार म्याद थपका लागि विशेष अदालतमा लगिएको हो । अदालत परिसरमा विभागका महानिर्देशक शर्माले आफुले विद्यमान ऐन नियममा उल्लेखित व्यवस्था अनुसार विधि सम्मत काम गरेको दाबी गर्दै आफुमाथि लागेको आरोप कर फछ्र्यौट आयोगको विधि निर्माण गर्ने संसद र सरकारको अपमान भएको प्रतिक्रिया दिए ।
कर फछ्र्यौट आयोगमार्फत कर छुट दिएर भ्रष्टाचार गरेको आरोपमा शर्मालाई शुक्रबार कार्यालय समयमा लाजिम्पाटस्थित आन्तरिक राजश्व विभागबाट नै अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो ।