८ बैशाख २०८१, शनिबार
Follow Us

भरतपुरमा निषेधित क्षेत्र घोषणा

नेपालब्रिटेन डट कम्
२१ जेष्ठ २०७४, आईतवार १२:२७

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले भरतपुर महानगरपालिकाका थप केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ । सुरक्षा चुनौती बढेको भन्दै प्रशासनले स्थानीय तह निर्वाचनको गणनास्थल तोकिएको कभर्ड हल आसपासको भू–भागलाई निषेधित क्षेत्र घोषणा गरेको हो ।
जिल्ला प्रशासन कार्यालयका अनुसार भरतपुरको चौविसकोठीदेखि मुख्य निर्वाचन अधिकृतको कार्यालय, मालपोत चोक, केन्द्रीय बसपार्कबाट हाकिमचोक हुँदै चौबिसकोठी भित्रको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको हो ।
पहिले कर्भड हल नजिकैको क्षेत्र निषेधित घोषणा गरिएकोमा आज बढाइएको हो । निषेधित क्षेत्रमा नार, जुलुस र प्रदर्शन गर्न पाइने छैन । निर्वाचन आयोगले भरतपुरको १९ नम्बर वडामा पुनः मतदान गर्ने निर्णय गरेपछि स्थानीय प्रशासनले सुरक्षा सर्तकता बढाएको हो ।