१५ चैत्र २०८०, बिहीबार
Follow Us

बेलायतमा भएको आतङ्कबादी आक्रमणको सर्वत्र निन्दा

नेपालब्रिटेन डट कम्
२१ जेष्ठ २०७४, आईतवार १२:४५

पेरिस । बेलायतको राजधानी लण्डनमा शनिबार राति भएको आतङ्ककारी आक्रमणमा फ्रान्सका नागरिक पनि परेको भन्दै फ्रान्सले दुःख व्यक्त गरेको छ । घटनामा परी पीडित भएकालाई सरकारको तर्फबाट सम्भव भएसम्मका सबै सहयोग उपलब्ध गराउने सरकारले प्रतिबद्धता जनाएको छ ।
फ्रान्सको राष्ट्रपति कार्यालयले आइतबार निकालेको विज्ञप्तिमा आतङ्कबाद विरुद्ध लड्न बेलायतलगायतका देशकाबीचमा थप सशक्त सहकार्यको आवश्यकता भएको जनाइएको छ ।
“यो पिडादायिक क्षणमा अझ संवेदनशिल हुनु पर्दछ,” विज्ञप्तिमा भनिएको छ, “पीडित परिवार र सुवेच्छुकलाई नआत्तिन आह्वान गर्दछौँ ।” घटनामा परी फ्रान्सका चार जना नागरिक घाइते भएका फ्रान्सको विदेश मन्त्रालयले जनाएको छ ।
त्यसैगरी अन्य देशका शिर्ष नेताले पनि लन्डनमा शनिबार राति अर्को आतङ्ककारी आक्रमण भएको घटनाप्रति भत्सर्ना गर्दै दुःख व्यक्त गर्नुभएको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले गहिरो समवेदना सन्देश पठाउँदै सहानुभूित व्यक्त गर्नुभएको छ ।
उहाँले बेलायती जनता र सरकारप्रति आफुहरुको सहानुभूित रहेको बताउँदै दोषी पत्ता लगाई कारबाही गर्न आफ्नो तर्फबाट सवै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
संयुक्त अरव इमरेटस्ले आइतबार निकालेको विज्ञप्तिमा शनिबार राति भएको घटनालाई “आतङ्ककारी अपराध” भनिएको छ । विदेश मन्त्रीद्वारा जारी गरिएको विज्ञप्तिमा अतिवादी र आतङ्कबादीविरुद्ध अझ शसक्त रुपले लड्न आह्वान गरिएको छ ।
बेलायती सरकार र जनतालाई पाकिस्तानले पनि सहानुभूति व्यक्त गरेको छ । विदेश मन्त्रीद्वारा जारी विज्ञप्तिमा “आतङ्ककारीको आक्रमणप्रति गहिरो दुःख व्यक्त गर्दछु” भनिएको छ । मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।