February 27, 2020

बत्तीस लाख लुटेर फरार समूह पक्राउ

  4th June 2017 मा प्रकाशित

काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाले गत शुक्रबार म्हैपीमा रु ३२ लाख लुटेर भाग्ने समूहलाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले उपत्यकाका विभिन्न ठाउँबाट छ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धादिङका अञ्जान थापा, सरोज श्रेष्ठ, गोरखाका सिजन अधिकारी, सन्तोष बोहरा, गुल्मीका ज्ञानबहादुर पुरी र बाग्लुङका तारा बोहरा पक्राउ परेका हुन् ।
पक्राउ परेकासँग महाशाखाले रु चार लाख १७ हजार नगद, नक्कली सुनजस्तो धातु र दुई थान मोटरसाइकल बरामद गरेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक प्रकाशजङ्ग कार्कीले जानकारी दिनुभयो । घटनाका मुख्य योजनाकार भने फरार रहेकाले उनको खोजी कार्य जारी रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया