१६ चैत्र २०८०, शुक्रबार
Follow Us

दुबईमा नेपाली युवतीको हत्या

नेपालब्रिटेन डट कम्
२२ जेष्ठ २०७४, सोमबार ०५:५७

यूएई । यूएईको दुबईमा भोताङ–८, सिन्धुपाल्चोककी २५ वर्षीया लप्साङ तामाङको मे २० मा हत्या भएको नेपाली दूतावासले जनाएको छ । अबुधाबीस्थित नेपाली दूतावासका प्रवक्ता कृष्ण अर्यालका अनुसार हत्यामा संलग्न आशंकामा भोताङ ८ कै बुले तामाङलाई पक्राउ गरिएको छ ।
‘घटनाको छानबिन भइरहेकाले प्रहरीले पूर्ण विवरण उपलब्ध गराएको छैन,’ अर्यालले भने । हत्या गरेको लप्साङको शव ‘इमिरेट्स हिल’मा फेला परेको दूतावासले जनाएको छ । घरेलु कामदारको रूपमा कार्यरत बुले तामाङ लप्साङकै गाउँका हुन् । लप्साङ चार वर्षदेखि दुबईमा कार्यरत थिइन् ।