१५ चैत्र २०८०, बिहीबार
Follow Us

नेपाल डे फेस्टिभलमा लाखे र झ्यालिंचा नाच

नेपालब्रिटेन डट कम्
१३ श्रावण २०७३, बिहीबार ०५:४४

टोकियो – वर्ल्ड नेवा : अर्गनाईजेशन जापानले २०१६ अगस्त ६ र ७ मा शिबुयाको योयोगी पार्कमा हुने नेपाल डे फेस्टिभलमा लाखे तथा झ्यालिंचा नाच र नेवार भेषभुषा र नेवार नृत्य र बाजाको प्रदर्शन गर्ने सम्पूर्ण तयारी पुरा भएको छ । उक्त कार्यको लागि संयोजक रहनु भएकी इन्दिरा सुजुकी राजभण्डारीज्युले बिज्ञप्ति मार्फत उक्त कार्यक्रम को तयारी पुरा भएको जनाउनु भएको हो ।
उक्त दिन जापानमा बस्नु हुने सम्पूर्ण नेवार दाजुभाइ दिदीबहिनीहरु सक्दो आफ्नो भेष भुषामा सहभागी भइ दिन बिनम्र आग्र्ह गर्दछौं l सकेसम्म आफु पनि नसके आफ्नो बाल बालिकाहरुलाई मात्र भए पनि नेवार भेष भुषामा सहभागि भई दिन अनुरोध गर्दछौं । नेवार भेष भुषाका लागि सक्दो आफैले नसके वर्ल्ड नेवा:अरगनाईजेशन जापानमा सम्पर्क गर्न सकिनेछ । लाखे तथा झ्यालिंचा नाच, नेवार भेषभुषा र गहनाहरु, नेवार नृत्यका सामानहरु ,धिमे बाजा ,खिं बाजा ,भुस्या आदि उक्त कार्यक्रमका लागि चाहिने सम्पूर्ण सामानहरु वर्ल्ड नेवा: अर्गनाईजेशन जापानका प्रतिनिधि सविता श्रेष्ठज्युले नेपालका बिभिन्न स्थानहरुबाट संकलन गर्नु भएको हो ।