१४ बैशाख २०८१, शुक्रबार
Follow Us

गुण्डा नाइके राजु गोर्खाली पक्राउ

नेपालब्रिटेन डट कम्
२२ जेष्ठ २०७४, सोमबार १५:२१

काठमाडौं । प्रहरीले गुण्डा नाइके राजु गोर्खाली र देवेन्द्र केसीलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको बिशेष टोलीले न्यूरोडबाट गोर्खाली र केसीलाई आज बिहान पक्राउ गरेको हो ।
गुण्डागर्दीमा संलग्न भएको र निगरानीमा रहेकाले उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर प्रमुख छविलाल जोशीले जानकारी दिए । गोर्खालीमाथि सुन्धारा क्षेत्रलाई आधार बनाएर गुण्डागर्दीमा सग्लन रहेको आरोप छ । राजधानीमा सक्रिय एक सय ६० जना गुण्डाको सूची तयार पारेर केही समय यता प्रहरीले विशेष निगरानी गरिरहेको छ । तिमध्ये ६० भन्दा बढी गुण्डालाई पक्राउ गरिसकेको प्रहरीले जनाएको छ ।