१५ चैत्र २०८०, बिहीबार
Follow Us

नयाँ प्रधानमन्त्री चयनका लागि आज मतदान

नेपालब्रिटेन डट कम्
२३ जेष्ठ २०७४, मंगलवार ०७:१७

काठमाडौं । व्यवस्थापिका संसदमा नयाँ प्रधानमन्त्री चयनका लागि आज मतदान हुँदैछ । मतदानका लागि आज संसद बैठक बोलाइएको छ । शीर्ष नेताबीच भएको सहमतिअनुसार आज संसदको दुई वटा बैठक बस्ने छ । पहिलो बैठकमा प्रधानमन्त्री चयनका लागि राष्ट्रपति कार्यालयबाट प्राप्त सुनाएपछि तीनै दलका शीर्ष नेताले सम्बोधन गर्नेछन् । दोस्रो बैठकमा प्रधानमन्त्री चयन प्रक्रिया अगाडि बढाइने छ ।
प्रधानमन्त्रीका लागि कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले मात्रै उम्मेदवारी दर्ता गराएका छन् । एक जनाको मात्रै उम्मेदवारी परेपनि निर्णय भने मत विभाजनबाट नै हुनेछ ।
संसदको कार्यसञ्चालन नियमावलीको नियम ४९ अनुसार बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री छान्न सम्बन्धित उम्मेदवारलाई संसदमा उम्मेदवारीको सूचना पेस गर्न समय दिइन्छ । उम्मेदवारले सूचना पेस गरेपछि प्रस्तावक र समर्थकले उम्मेदवारको समर्थनमा धारणा राख्नेछन् । एकभन्दा बढी मनोनयन भएको अवस्थामा रोलक्रम अनुसार उम्मेदवारी संसद््मा निर्णयार्थ पेस हुनेछ । एकमात्र उम्मेदवार रहेका कारण सोही सूचनालाई निर्णयार्थ पेस गरिनेछ । प्रस्तावले सदनको बहुमत हासिल गरेमा प्रस्तावित उम्मेदवार प्रधानमन्त्रीमा निर्वाचित हुने व्यवस्था छ ।