६ बैशाख २०८१, बिहीबार
Follow Us

राष्ट्रियताको विषयमा पाठ नसिकाए हुन्छः देउवा

नेपालब्रिटेन डट कम्
२३ जेष्ठ २०७४, मंगलवार ११:४०

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भरतपुर महानगरपलिकाको मतगणनाका क्रममा भएको अस्वाभाविक घटनामा निर्वाचन आयोगले गरेको निर्णयलाई स्वीकार गरिएको बताउनुभएको छ ।

व्यवस्थापिका–संसद्को आजको बैठकमा विशेष सम्बोधन गर्दै उहाँले मतगणना कि मतदान भन्ने विषय अदालतमा प्रवेश गरिसकेकाले आफ्नो थप केही धारणा नरहेको बताउनुभयो । आगामी असार १४ गते स्थानीय तहको दोस्रो चरणको निर्वाचन सम्पन्न गराउन आफू र नयाँ गठन हुने सरकार प्रतिबद्ध रहने बताउँदै उहाँले आगामी माघभित्र तीनै चरणको निर्वाचन सम्पन्न हुने र गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

राष्ट्रियता, प्रजातन्त्र र समाजवादका विषयमा आफ्नो पार्टीलाई पाठ सिकाउनु जरुरी छैन भन्दै नेता देउवाले सार्वभौमसत्ता र अखण्डतामा कोही कसैसँग सम्झौता हुनै नसक्ने धारणा राख्नुभयो । संविधान कार्यान्वयनका निम्ति पहिलो सर्त भनेकै स्थानीय तहको निर्वाचन हो भन्दै उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालले असहज अवस्थामा पनि राष्ट्रिय दायित्व पूरा गर्नुभएकामा धन्यवाद दिनुभयो । उहाँले देश र जनताका आवश्यकतालाई ख्याल गरेर मुलुक अगाडि बढेको बताउँदै अब राष्ट्रिय दायित्व पूरा हुने र गरिने विश्वास प्रकट गर्नुभयो ।