८ बैशाख २०८१, शनिबार
Follow Us

देउवालाई सहयोग गर्ने एनआरएनको प्रतिबद्धता

नेपालब्रिटेन डट कम्
२४ जेष्ठ २०७४, बुधबार ०७:५४

लण्डन । गैरआवासीय नेपाली संघले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संघिय गणतन्त्र नेपालको ४० औँ प्रधानमन्त्री चयन भएकोमा हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको लागि हार्दिक शुभकामना व्यक्त गरेको छ।

संघका अध्यक्ष शेष घलेद्धारा बुधवार जारी विज्ञप्तिमा देश संबिधान कार्यन्वयनको दिशामा अगाडी बढ्दै पहिलो चरणको स्थानीय निर्बाचन सम्पन्न भई सकेको अवस्थामा नबनिर्बाचित प्रधानमन्त्रीको आगमनसँगै दोश्रो चरणको निर्बाचन, प्रदेश तथा केन्द्रीय संसदको निर्वाचन सम्पन्न गरी संबिधान कार्यान्वयनको प्रकृयामा महत्वपूर्ण उपलब्धि हाँसिल हुने बिश्वास व्यक्त गरिएको छ ।

विज्ञप्तिमा दुई बर्ष अगाडी आएको महाभूकम्पबाट अझै लाखौं परिवार अस्थायी टहरोमा बिताउन बाध्य भएको यो परिस्थीतिमा उहाँको प्राथमिकता राष्ट्रिय पुनःनिर्माण अभियान हुनेमा आशा व्यक्त गरिएको छ ।

संघले बिगतमा जस्तै गैरआवासीय नेपाली संघले प्रधानमन्त्री देउवाको कार्यकालमा नेपालको सम्बृद्धि तथा पुनःनिर्माणमा सक्रियतापूर्वक सहयोग गर्दै सहभागीता जनाउने प्रतिबद्धता जनाएको छ ।