११ बैशाख २०८१, मंगलवार
Follow Us

केन्द्रीय कार्यालय निर्माणका लागि एनआरएनद्वारा बोलपत्र आह्वान

नेपालब्रिटेन डट कम्
१३ श्रावण २०७३, बिहीबार ०८:३३

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) ले केन्द्रीय कार्यालय भवन निर्माणका लागि बोलपत्र आह्वान गरेको छ । बालुवाटारमा रहेको आफ्नो जमिनमा पहिलो फेजको भवन निर्माणका लागि बोलपत्र आह्वान गरेको हो । विहीबारको कान्तिपुर दैनिकमा प्रकाशित बोलपत्र आह्वान अनुसार नेपाली निर्माण व्यवसायीले फिर्ता नहुने गरी दस हजार रुपैयाँ तिरेर बोलपत्र खरिद गर्न सक्नेछन् । १७ अगस्टसम्म कार्यालय समय भित्र बोलपत्र खरिद गर्न सकिने सूचनामा उल्लेख छ ।
विभिन्न १० बुदामा सर्तहरु राखेर प्रकाशित उक्त बोलपत्र १८ अगस्टसम्म एनआरएनको कार्यकारी निर्देशकसमक्ष आइपुग्नुपर्ने सर्तमा उल्लेख छ ।
तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले झण्डै दुई वर्षअघि शिलान्यास गरेको झन्डै दुई वर्षपछि एनआरएनले भवन निर्माणका लागि पहिलो पटक बोलपत्र आह्वान गरेको हो ।