१५ चैत्र २०८०, बिहीबार
Follow Us

दुर्घटनामा पूर्वमन्त्रीसहित ९ को मृत्यु

नेपालब्रिटेन डट कम्
१३ श्रावण २०७३, बिहीबार ०९:०६

धरान । धनकुटामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । धनकुटाको परेवादिन–५ को छिदुवा बजारनजिकै यात्रुबाहक बस दुर्घटना भएको हो । मृत्यु हुनेमा माओवादी केन्द्रको तर्फबाट मन्त्री बनेको हरिराज खेवा राईसमेत रहेको बताइको छ ।
मृत्यु हुनेमा ३ जना पुरुष, ३ महिला र १ बालक रहेका छन् । दुर्घट्नामा परी २२ जना घाइते भएका छन् । गाडी करिब ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ भने घाइतेको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र धनकुटा जिल्ला अस्पतालमा भइरहेको छ ।
धनकुटाका प्रहरी प्रमुख एसपी विभुतिराज पाण्डको अनुसार तेह्रथुमको बसन्तपुरबाट धरानतर्फ गइरहेको बा २ ख ३३६६ नम्बरको यात्रुबाहक बस छिदुवा बजारको चर्चनजिकै २ सय मिटर तल खसेको थियो । स्थानियका अनुसार घटनास्थलमा ९ जनाको शव फेला परेको छ। घटनास्थलमा बाक्लो हुस्सु र झरी परिरहेको हुदाँ उद्धारकार्यका लागी कठिन भइरहेको बताइएको छ ।