२६ बैशाख २०८१, बुधबार
Follow Us

लन्डन ब्रिजका थप एक आक्रमणकारी पक्राउ

नेपालब्रिटेन डट कम्
२४ जेष्ठ २०७४, बुधबार १३:४२

लन्डन । बेलायतको प्रंहरीले लन्डन ब्रिजमा आक्रमणको आरोपमा बुधबार थप एक जनालाई पक्राउ गरेको छ । एकजना ३० वर्षीय युवकलाई बुधबार पक्राउ गरेको जनाइएको छ । लन्डनका दुई वटा स्थानमा भएको यस आक्रमणमा सात व्यक्तिको मृत्यु हनुको साथै अन्य ४८ जना घाइते भएका थिए । पूर्वी लन्डनको इल्फोर्ड उपनगरमा ती व्यक्तिलाई पक्राउ गरिएको बताइएको छ ।
गत शनिबार भएको आक्रमणको इस्लामिक स्टेट्स् (आइएस) आतङ्ककारी समूहले जिम्मा लिएको थियो । शनिबार भएका आक्रमणको आरोपमा हालसम्म अन्य १२ व्यक्ति पक्राउ परी सकेका छन् । लन्डन ब्रिजमा एउटा गाडीले पैदलयात्री भएका ठाउँमा गएर ठक्कर दिएको र बरो मार्केट क्षेत्रमा संदिग्ध आतङ्ककारीले बार र रेष्टुरेन्टमा जथाभावी छुरा प्रहार गरेका थिए ।
बेलायतको म्यान्चेस्टरमा गरिएको बिभत्स आतङ्ककारी आक्रमणको दुई हप्ता बित्न नपाउँदै बेलायतकै लन्डन ब्रिज नजिक अर्को भीषण आतङ्ककारी आक्रमणको घटना दोहोरिएपछि सम्पूर्ण युरोप नै भयभीत भएको थियो ।

मारिनेमा थप एक फ्रान्सेली
यसैबीच लन्डनमा भएको हमलामा परी मारिनेमा अर्का एकजना फ्रेन्च पनि परेका छन् । फ्रान्सेली विदेशमन्त्री जिन एभ्स लि ड्रियनले सो बारेमा जानकारी दिनुभएको छ । आफूलाई यस घटनाले निकै नै दुःख लागेको छ कि अर्का एकजना फ्रान्सेलीको लन्डन आक्रमणबाट निधन भएको छ, उहाँले बुधबार प्रकाशन गर्नुभएको विज्ञप्तिमा भन्नुभएको छ । लन्डनमा ब्रिजमा भएको हमलमा परी यसअघि नै एकजना फ्रान्सेली नागरिकको ज्यान गएको थियो ।