१३ बैशाख २०८१, बिहीबार
Follow Us

एसइइको नतिजा एक साताभित्र

नेपालब्रिटेन डट कम्
२५ जेष्ठ २०७४, बिहीबार १५:४४

भक्तपुर । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले गत चैतमा लिइएको माध्यामिक शिक्षा परीक्षा (एसइइ) को नतिजा सार्वजनिकको अन्तिम तयारी गरेको छ ।
साताभित्र नतिजा सार्वजनिक गर्ने तयारीका साथे काम भइरहेको कार्यालयले जनाएको छ । कार्यालयले हाल तथ्याङ्क प्रशोधन र रुजूको काम गरिरहेको परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको छ ।
संशोधित शिक्षा ऐनअनुसार कक्षा १२ सम्म माध्यामिक शिक्षा कायम भएपछि यस वर्षदेखि लागू भएको कक्षा १० को विगतमा प्रवेशिका (एलएलसी) भनिने परीक्षा माध्यमिक शिक्षा परीक्षामा रुनान्तरण भएको थियो । परीक्षामा देशभरबाट दुई लाख ५९ हजार ७३२ छात्र र दुई लाख ७८ हजार ४५० छात्रा गरी कूल पाँच लाख ३८ हजार १८२ परीक्षार्थी थिए ।