१२ बैशाख २०८१, बुधबार
Follow Us

पूर्व युवराज्ञी हिमानी शाह दमौलीमा

नेपालब्रिटेन डट कम्
२५ जेष्ठ २०७४, बिहीबार १५:४९

तनहुँ । पूर्व युवराज्ञी हिमानी शाह बिहिबार दमौली पुगेकी छिन् । छोरा छोरी सहित दमौली आएकी पूर्व युवराज्ञी शाहले सदरमुकाम दमौली स्थित व्यास गुफामा भगवान वेदव्यासको पूजा अर्चना सहित दर्शन गरेकी थिइन् । सोही अवसरमा पूर्व युवराज्ञी हिमानी शाह व्यास गुफा परिसरमा जारी १८ महिने अखण्ड भजन किर्तनमा सहभागी भएकी थिइन् ।
त्यसक्रममा पूर्वयुवराज्ञी हिमानीले टिका र प्रसाद समेत ग्रहण गरेकी थिइन् । पूर्व युवराज्ञी हिमानीलाई व्यास गुफा परिसरमा दामोदर बाबाले स्वागत गरेका थिए । पूर्व युवराज्ञी हिमानी आउने जानकारी पाए लगत्तै सयौंको संख्यामा सर्वसाधारणहरु व्यास गुफा परिसरमा भेला भएका थिए ।
झण्डै एकघण्टा दमौलीमा रहेकी शाहलाई सर्वसाधारणहरुले पुष्प गुच्छा दिएर स्वागत गरेका थिए । यसैगरी पूूर्व युवराज्ञी हिमानीलाई दमौलीको मुख्य चोकमा राष्ट्रिय प्रजातन्त्र पार्टी तनहुँले समेत स्वागत गरेको थियो ।