१५ बैशाख २०८१, शनिबार
Follow Us

बेलायतमा कुनै पनि दलको बहुमत नआउने संकेत

नेपालब्रिटेन डट कम्
२६ जेष्ठ २०७४, शुक्रबार ०४:१८

लन्डन । बेलायतमा बिहीबार मतदान सकिए लगत्तै प्रकाशित मत सर्वेक्षणमा कुनै पनि दलको बहुमत नआउने संकेत देखिएको छ ।
सर्वेक्षण अनुसार प्रधानमन्त्री टेरीजा मेको कन्जरभेटिभ पार्टीले ३१४ स्थान प्राप्त गर्ने अनुमान गरिएको छ जुन साधारण बहुमत भन्दा १२ सिट कम हो ।
त्यसैगरि मुख्य विपक्षी लेबर पार्टीले २६६ स्थान प्राप्त गर्ने अनुमान गरिएको छ । उसले दुई वर्ष अघि भएको आम चुनावभन्दा ३४ स्थान बढी प्राप्त गर्ने अनुमान गरिएको हो ।
यदि सर्वेक्षणको नतीजा मिलेको खण्डमा नयाँ सरकार गठन गर्न दुबै दललाई अरु साना दलहरुको सहयोग आवश्यक पर्नेछ ।