७ बैशाख २०८१, शुक्रबार
Follow Us

संविधान संशोधन नभए राजपा निर्वाचनमा नजाने

नेपालब्रिटेन डट कम्
२६ जेष्ठ २०७४, शुक्रबार ०४:२५

महेन्द्रनगर । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधन नभए चुनाव बहिस्कार गर्ने बताउनुभएको छ । धनुषाको औरही गाउँपालिकाको कपटौलमा आयोजित विरोध सभा एवम् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आफूहरु चुनावको विरोधमा नभई अधिकारका लागि आन्दोलित रहेको बताउनुभयो ।
कार्यक्रममा राजपाका उपाध्यक्ष वृशेष चन्द्रलालले बलपूर्वक गरिने निर्वाचनबाट सिजृना हुने घटनाको जिम्मेवारी सरकार स्वयम्ले लिनुपर्ने उल्लेख गर्दै संविधान संशोधनबिना निर्वाचनको कल्पना समेत गर्न नसकिने बताउनुभयो ।
संविधान संशोधन नभए राजपा चुनाबमा सहभागी नहुने
यसैबीच राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन नभए राजपा कुनै पनि हालतमा चुनाबमा सहभागी नहुने बताउनुभएको छ ।
जनकपुरको कपलेश्वरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले मधेसको मुद्दालाई कसैले कमजोर ठानेर अगाडि बढ्यो भने यो कसैका लागि हितकर नहुने धारणा व्यक्त गर्नुभयो ।
नेता महतोले भन्नुभयो, “मधेसीको माग सम्बोधन नगरी जर्वजस्ती गराएको निर्वाचनको कुनै अर्थ रहँदैन र यसले देश झन द्वन्द्वमा फस्न सक्ने भएकाले यसतर्फ राज्य गम्भीर हुनुपर्दछ ।”
महासचिव राजिव झाले मधेसीको माग पुरा नगरी मधेसमा चुनाव गराउने कुरा दीवास्वप्न वाहेक केहि होइन भन्नुभयो ।