१३ बैशाख २०८१, बिहीबार
Follow Us

सम्मानजनक स्थान दिन राप्रपाको माग

नेपालब्रिटेन डट कम्
२६ जेष्ठ २०७४, शुक्रबार ०६:५१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो दललाई मन्त्रिमण्डलमा सम्मानजनक स्थान दिन आग्रह गरेको छ । नेपाली काँग्रेसको आग्रहमा सो पार्टीका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गरिएको तर काँग्रेसले प्रतिबद्धता उल्लङ्घन गरेको राप्रपाको गुनासो छ । राप्रपाले यसबारे आवश्यक निर्णय गर्न महामन्त्री जयन्त चन्दको संयोजकत्वमा प्रमुख सचेतक कुन्तीकुमारी शाही र नेता दिलनाथ गिरी सदस्य रहेको कार्यदल गठन गरेको थियो ।
कार्यदलका सदस्य गिरीले सरकारमा सहभागिताका लागि एक पटक काँग्रेस तथा नेकपा (माओवादी केन्द्र) सँग संयुक्त बैठक बसे पनि मन्त्रालय बाँडफाँडका विषयमा टुङ्गो लाग्न नसकेको बताउनुभयो । पार्टीका प्रवक्ता भुवन पाठकले संसद्मा चौथो स्थानमा रहेको पार्टीलाई सरकारमा सम्मानजनक स्थान नदिइए सहभागिताका लागि मात्र सरकारमा नजाने बताउनुभयो । सो पार्टीका ३७ सांसद् छन् ।