८ बैशाख २०८१, शनिबार
Follow Us

निर्वाचनको परिणाम अनौठो भएपनि ‘ब्रेक्जिट’मा असर पर्दैन

नेपालब्रिटेन डट कम्
२६ जेष्ठ २०७४, शुक्रबार १४:०२

पेरिस । फ्रान्सेली प्रधानमन्त्री एडवार्ड फिलिपले शुक्रबार बेलायतको निवार्चनको परिणाम अनौठो भएको बताउनुभएको छ । बेलायतमा बिहीबार सम्मपन्न आमनिर्वाचनको परिणाममा कन्जरभेटिभ पार्टीले बहुमत गुमाउने स्थिति देखापरेपछि फ्रान्सका प्रधानमन्त्री फिलिपको यो प्रतिक्रिया आएको हो ।
उहाँले भन्नुभएको छ, यो परिणाम अनौठो त हो तर पनि यसका कारण बेलायत युरोपियन युनियनबाट बाहिरिनेगरी बेलायतले गरेको पूर्व निर्णयमा भने परिवर्तन हुदैन ।
युरोप १ रेडियालाई दिनुभएको अन्तर्वार्तामा उहाँले आम निर्वाचनको यो परिणामपछि ब्रेक्जिटको विषयमा कुनै प्रश्न उठ्नु नपर्ने आफूलाई लागेको र यो विषयमा बेलायती जनताले प्रष्ट गरिसकेको बताउनु भएको हो ।
गत मे महिनामा मात्र प्रधानमन्त्रीमा निर्वाचित हुनुभएका फिलिपले बेलायतको निर्वाचन तुलनात्मक रुपमा ब्रेक्जिट र म्यान्चेस्टरमा भएको आक्रमणपछि आन्तरिक सुरक्षाको मुद्धासँग पनि सम्बधित रहेको बताउनुभयो ।