१६ चैत्र २०८०, शुक्रबार
Follow Us

दोस्रो चरणको निर्वाचन अघि संविधान संशोधन हुँदैन : प्रम देउवा

नेपालब्रिटेन डट कम्
२६ जेष्ठ २०७४, शुक्रबार १४:३४

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको दोस्रो चरण निर्वाचन अगाडि संविधान संशोधन नहुने स्पष्ट पारेका छन् । व्यवस्थापिका संसद बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले असन्तुष्ट मधेस केन्द्रित दललाई लुकाउनु/छिपाउनु पर्ने कुरा केही नरहेको भन्दै दोस्रो चरणको निर्वाचनपछि मात्रै विपक्षी दलको पनि सहयोग लिएर संविधान संशोधन प्रस्ताव अगाडि बढाइने बताएका हुन् ।
संविधानमा विपक्षीको व्यवस्था भएपनि राष्ट्रिय मुद्दामा सबै दल एकै ठाउँमा उभिनु पर्ने प्रधानमन्त्री देउवाको भनाइ थियो । संविधान संशोधन प्रस्ताव पारित गराएरै छाड्ने प्रतिबद्धता जनाएका प्रधानमन्त्री देउवाले निर्वाचनमा सहभागि हुन असन्तुष्ट दललाई आग्रह पनि गरे ।