१४ बैशाख २०८१, शुक्रबार
Follow Us

बेलायती मुद्राको मुल्यमा गिरावट

नेपालब्रिटेन डट कम्
२६ जेष्ठ २०७४, शुक्रबार १४:३५

लण्डन । बेलायती प्रधानमन्त्री थेरेसा मेको कन्जर्भेटिभ पार्टीले बिहीवार भएको मध्यावधि निर्वाचनमा बहुमत नल्याएपछि देखिएको राजनैतिक अनिश्चिततासँगै बेलायती मुद्रा पोन्डस्टर्लिङको मुल्यमा शुक्रबार गिरावट आएको छ ।
बेलायतको यूरोपियन युनियन (इयू)बाट बहिर्गमन प्रक्रिया शुरु हुनुभन्दा केही दिन पहिले भएको निर्वाचनमा सत्तारुढ दललाई बेलायती जनताले अनपेक्षित मत परिणाम दिएका छन् । स्टर्लिङको शुक्रबार बिहान सात हप्ता यताकै सवैभन्दा तल १.२६३६ अमेरिकी डलरमा कारोबार भएको छ भने यूरो भने सात हप्तामा सवैभन्दा माथि ८८.५९ मा कारोबार भएको थियो ।
तर बेलायती मुद्रामा आएको अवमुल्यनले लण्डन शेयर बजारमा उच्चविन्दुमा पुगेको छ । बेलायत बाहिर रहेका स्टर्लिङमा कारोबार नगरी अन्य मुद्रामा कारोबार गर्ने बहुराष्ट्रिय कम्पनीलाई भने राहत भएको र यसको प्रभाव शेयर बजारमा देखिएकोे बताइएको छ ।
बेलायतमा बिहीबार सम्पन्न आमनिर्वाचनको परिणाम सार्वजनिक हुने क्रम लगभग अन्तिमतिर पुग्दा सत्तारुढ दल कन्जरभेटिभ पार्टीले बहुमत गुमाउने स्पष्ट भइसकेको छ । मत परिणाम आउदैगर्दा सत्तारुढ दलको यो अवस्था हुनुमा प्रधानमन्त्री थेरेसा मेको चर्काे आलोचना पनि सुरु भएको छ । यससँगै प्रधानमन्त्री मेले आफ्नो पदबाट राजिनामा दिनुपर्ने आवाजहरु पनि चर्काेगरी बाहिर आएका छन् । उहाँले समय नपुग्दै निर्वाचनको आह्वान गरेका कारण पार्टीको यस्तो अवस्था आएको भन्दै प्रधानमन्त्री मेको दलबाट नै व्यापक आलोचना भएको छ ।
प्रधानमन्त्रीको दलको यो अवस्थासँगै उहाँको पुरानो एजेण्डका रुपमा रहेको युरोपेली युनियनबाट बेलायतको बहिर्गमनको विषय पनि अन्योलमा पर्ने सम्भावना देखिएको छ । यद्यपि प्रधानमन्त्री मेले निवाचनका कारण बेलायतको इयूबाट बहिर्गमन प्रक्रियामा कुनै असर नपर्ने बताउनुभएको छ । एक स्थानको नतिजा घोषणा नहुदासम्म प्रधानमन्त्रीको दललाई बहुमतका लागि चाहिने आठ स्थान नपुगभएको छ ।
शुक्रबार बिहानसम्ममा यहाँका ६५० मध्येका ६४९ स्थानको परिणाम आइसकेको छ । यसमध्ये कन्जर्भेटिभ पार्टीले सन् २०१५ को निर्वाचनमा ३३१ स्थान बिजय गरेको थियो जुन घटेर ३१८ मा पुगेको छ भने लेबर पार्टीले पहिलेको २२९ बाट बढाएर २६१ पु¥याएको छ ।
प््रधानमन्त्री मेले शुक्रबारै महारानी एलिजावेथ द्वितीयलाई भेटी नयाँ सरकार बनाउन स्वीकृति लिने तयारी रहेको उहाँको दलले जनाएको छ ।