७ बैशाख २०८१, शुक्रबार
Follow Us

बंगलादेशले न्यूजिल्याण्डलाई ५ विकेटले हरायो

नेपालब्रिटेन डट कम्
२७ जेष्ठ २०७४, शनिबार ०७:३६

एजेन्सी । च्याम्पियन्स ट्रफी क्रिकेट अन्तर्गत गएराति भएको खेलमा बंगलादेशले न्यूजिल्याण्डलाई ५ विकेटले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ६५ रनको योगफल बनाएको थियो । २ सय ६६ रनको लक्ष्य पाएको बंगलादेशले १६ बल बाँकी छँदै जित हात पारेको हो ।
बंगलादेशले ३३ रनको अवस्थामा ४ विकेट गुमाइसकेको थियो । तर पाँचौं विकेटका लागि २२७ रनको साझेदारी गर्दै शकिब अल हसन र महमदुल्लाहले आफ्नो टोलीलाई जित दिलाएका हुन् । हसनले ११४ र महमदुल्लाहले १०२ रन बनाए । पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डका लागि रोस टेलरले सर्वाधिक ६३ रनको योगदान दिए भने काने विलियम्सनले ५७, नेल ब्रुमले ३६, मार्टिन गुप्टिलले ३३ रन बनाएका थिए ।
बंगलादेशका मोसाद्देक हुसैनले तीन विकेट लिए भने टस्किन अहमदले दुई विकेट लिएका थिए । मुस्तफिजुर रहमान र रुबेल हुसैनले समान एक–एक विकेट लिए । पराजयसँगै न्यूजिल्यान्डको च्याम्पियन्स ट्रफी बाहिरिएको छ ।