८ बैशाख २०८१, शनिबार
Follow Us

संघीय गठबन्धन सरकारमा जाने संकेत

नेपालब्रिटेन डट कम्
१३ श्रावण २०७३, बिहीबार १५:०९

काठमाडौं । आन्दोलनरत संघीय गठबन्धन अब बन्ने माओवादी र कांगे्रसको सरकारमा जाने संकेत गरेको छ । तर उसले आफ्ना मुद्दा सम्बोधन गर्ने सर्तमा मात्र सरकारमा जाने संकेत गरेको हो । तर, त्यसभन्दा अघि उसले कांगे्रस र माओवादीसँग छलफल गर्ने सर्त अघि सारेको छ ।
गठबन्धनको केन्द्रीय आन्दोलन मूल परिचालन समितिको आज बसेको बैठकले वर्तमान राजनीतिक परिस्थितिका सम्बन्धमा अहिले नै सरकारमा जाने निर्णय गर्ने बेला नभइसकेको हुनाले काँग्रेस र माओवादीसँग छलफल गरेर मात्र सरकारको विषयमा टुङ्गो लगाउने निर्णय भएको गठबन्धनका प्रवक्ता डा ओम गुरुङले जानकारी दिनुभयो ।
बैठकले गठबन्धनको माग र मुद्दा सम्बोधन नभएसम्म आन्दोलनलाई निरन्तरता दिने भन्दै आन्दोलनलाई सशक्त बनाउनका लागि मुलुकको १० स्थानमा बृहत् अन्तक्र्रिया कार्यक्रम गर्ने निर्णय गरेको छ ।
यसैगरी बैठकले गाउँपालिका, नगरपालिकाको सिमाना निर्धारण सम्बन्धमा सम्बन्धित आयोगले गरेको गतिविधि सङ्घीयतालाई संस्थागत हुन नदिने निर्णय गरेको प्रवक्ता गुरुङले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।
गठबन्धनले संविधानसँग जोडिएका असहमतिका विषयको सम्बोधन नहुन्जेलसम्म सिमाना आयोगको काम कारबाही नगर्न पनि सरकारलाई आग्रह गरेको छ । बैठकले बाढीपहिरोमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै तत्काल युद्धस्तरमा उद्धार तथा राहत वितरण, औषधोउपचारको व्यवस्था, उचित बासस्थानको प्रबन्ध गर्नका निम्ति गठबन्धन सरकारसँग माग गरेको छ ।