१६ चैत्र २०८०, शुक्रबार
Follow Us

सम्झौता पूरा नगरे निर्वाचन हुन सक्दैन : महतो

नेपालब्रिटेन डट कम्
२७ जेष्ठ २०७४, शनिबार ०८:३०

राजविराज । राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले मधेसवादी दलसँग गरेको सम्झौता पूरा नगरेसम्म स्थानीय तहको निर्वाचन हुन नसक्ने बताउनुभएको छ । प्रेस मञ्च नेपालद्वारा आज सप्तरीको राजविराजमा आयोजित पत्रकार सम्मेलनमा नेता महतोले मधेस आन्दोलनको क्रममा मधेसमा सहिद भएका मधेसी कार्यकर्ता र घाइते भएकाको सपना पूरा गराउन मधेसवादी नेताले त्यसको त्याग र बलिदान बिर्सन नहुने स्मरण गराउँदै केही मधेसवादी नेता र मधेसवादी राजनीतिक दलले मधेसलाई धोका दिएको आरोप लगाउनुभयो । सोही पार्टीका अर्का सदस्य राजकिशोर यादवले सरकारले मधेसीको माग पूरा नगरेमा मधेसी जनताले त्यसको व्यापक विरोध गर्दै आन्दोलनमा जाने बताउनु भयो ।