१४ बैशाख २०८१, शुक्रबार
Follow Us

खोटाङमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप

नेपालब्रिटेन डट कम्
२७ जेष्ठ २०७४, शनिबार ११:३३

खोटाङ । स्थानीय तह निर्वाचनको विषयलाई लिएर खोटाङको दिप्रुङ गाँउपालिकामा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको छ । चुनाव प्रचारप्रसारका क्रममा कांग्रेले राखेको झण्डा एमाले कार्यकर्ताले च्यातेपछि दुवै पक्षबीच झडप भएको हो ।
झडपमा परी एमालेका तर्फवाट दिप्रुङ गाउँपालिका तीन छोरम्बुका वडा अध्यक्ष उम्मेदवार ईन्द्र तामाङ गम्भीर घाईते भएका छन् । तामाङलाई उपचारका लागि अन्नपूर्ण न्यूरो अस्पताल बिराटनगर लगिएको छ ।
झडपमा तरुण दलका क्षेत्रीय सभापति सुरेश राई, सुवास राई, एमालेका कार्यकर्ता बिनोद तामाङ, मनोज राईलगायत पनि घाइते भएको बताइएको छ । एमालेका कार्यकर्ताले बिहिबार कांग्रेसको झण्डा च्यातेर सोही पोलमा आफ्नो झण्डा राखेपछि विवाद शुरु भएको प्रहरीले जानकारी दिएको छ ।