१५ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएन नर्वेको अध्यक्षमा थापा निर्वाचित

नेपालब्रिटेन डट कम्
२७ जेष्ठ २०७४, शनिबार २०:०५

लन्डन । गैरआवासीय नेपाली संघ नर्वेको अध्यक्षमा सन्जिव थापा निवार्चित भएका छन् । संघको पाँचौ अधिवेसनमा नयाँ नेतृत्वका लागि शनिवार भएको र्निवाचनमा अध्यक्षका प्रत्यासी नयन मल्ललाई प्रराजित गर्दै थापा अध्यक्षमा निर्वाचित भएका हुन् ।

थापाले ९० मत र मल्लले ७५ मत प्राप्त गरे । संघको प्रथम उपाध्यक्षमा सालिग्राम अर्याल, द्धितिय उपाध्यक्षमा सुरेन्द्र स्यात्रै, महासचिबमा राजु अर्याल, सचिव दीपक महत, कोषाध्यक्ष बिना नेवार श्रेष्ठ, महिला संयोजक डा सबिता महर्जन, युवा संयोजकमा नीलकण्ठ अर्याल, र्निविरोध भए । यस्तै कार्यसमितिको सदस्यहरुमा प्रदिप अधिकारी, बिकाश दवाडी, अनुप गुप्ता, पबित्र बस्नेत, विष्णुमाया अधिकारी चयन भए । अधिवेसनले एनआरएन आइसीसी सदस्यमा द्धारिका महर्जन र्निविरोध निर्वाचित भए ।

यसअघि अधिवेसनको उद्धघाटन गर्दै गैरआवासीय नेपाली संघ यूरोप संयोजक कुल आचार्यले सम्मृद्ध नेपालको लागि गैरआवासीय नेपाली संघको महत्वपूर्ण भूमिका रहेको वताए । उनले नेपालको नयाँ संविधानले गैरआवासीय नेपालीहरुलाई नागरिकताको ग्यारेन्टी गरेको वताउँदै नेपालमा लगानीको वातावरण भन्दै आएको वताए ।

उनले संघको जुलाई अन्तिमसाता फ्राङफोर्डमा हुने क्षेत्रिय सम्मेलनमा सहभागी भई सफल पार्न आग्रह गरे।