८ बैशाख २०८१, शनिबार
Follow Us

कतार विवाद चर्किंदै गए युद्ध हुन सक्ने जर्मनीको चेतावनी

नेपालब्रिटेन डट कम्
२८ जेष्ठ २०७४, आईतवार ०५:३९

एजेन्सी । जर्मनीका विदेशमन्त्री जिकमार गाब्रियलले कतार र उसका अरब छिमेकीहरुसंगको विवाद चर्किएर युद्ध सम्म हुन सक्ने चेतावनी दिएका छन्।
एक जर्मन अखबारलाई अन्तर्वार्ता दिंदै उनले हालको विवादका बीच दुई पक्षबीचको सम्बन्धमा अस्वाभाविकरुमा तिक्तता आएको बताएका हुन । उनले यो साता दुवै पक्षसंग कुराकानी गरेका थिए । साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहरेन तथा इजिप्टले कतारसंग सम्बन्ध विच्छेद गर्नुका साथै स्थल, सामुद्रिक तथा हवाई मार्गमा नाकाबन्दी लगाएका छन् ।