१२ बैशाख २०८१, बुधबार
Follow Us

राजनीतिक दलसम्वन्धी ऐन संशोधन

नेपालब्रिटेन डट कम्
२८ जेष्ठ २०७४, आईतवार ०९:१८

काठमाडौं । सरकारले राजनीतिक दलसम्वन्धी ऐन संशोधन गर्ने भएको छ । मन्त्रिपरिषद्को आजको बैठकले राजनीतिक दलसम्बन्धी ऐन २०७३ संसोधनका लागि व्यवस्थापिका संसदमा प्रस्ताव लैजाने निर्णय गरेको हो । असन्तुष्ट राष्ट्रिय जनता पार्टी नेपाललाई निर्वाचनमा सहभागि गराउन अलग जिल्लामा अलग वा एउटै चुनाव चिन्ह लिएर जान सक्ने गरी राजनीतिक दल सम्वन्धी ऐन संशोधन गर्न लागिएको हो ।
यसैगरी, मन्त्रिपरिषद् बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीको स्वीजरल्याण्ड भ्रमण स्वीकृति गरेको छ । राष्ट्रपति भण्डारी अन्तर्राष्ट्रिय श्रम संगठनले जेनेभामा गर्न लागेको ‘वल्र्ड अफ वर्क समिट’मा भाग लिन मंगलबार स्वीजरल्याण्ड जाँदै छिन् । बैठकले जापान सरकारले निजामती कर्मचारीको अध्ययन कोटाका लागि दिएको २६ करोड ५३ लाख रुपैयाँ बराबरको अनुदान लिन पनि स्वीकृति दिएको छ ।