१२ बैशाख २०८१, बुधबार
Follow Us

लन्डनमा महारानीकोभन्दा कतारीको जमिन धेरै

नेपालब्रिटेन डट कम्
२८ जेष्ठ २०७४, आईतवार १०:४७

लन्डनको जुनसुकै क्षेत्रमा कतारको लगानी व्यापक छ । चम्किला होटल होस् वा ठूला व्यवसायिक टावर कतारी लगानी नभएको भेट्न सकिँदैन । विगत केही वर्षदेखि कतारले बेलायतमा झन्डै ३५ बिलियन पाउन्ड लगानी गरेको छ । अबको पाँच वर्षमा त्यो लगानी ४० बिलियन पाउन्ड पुग्दैछ । यस आधारमा भन्न सकिन्छ, लन्डनमा जति जमिन कतारीको छ, त्यत्ति महारानी एलिजावेदसँग पनि छैन ।
कतारले बेलायतलगायत अमेरिका तथा अन्य मुलुकमा ३ सय ३५ बिलियन डलर लगानी गरिसकेको छ । अब पाँचदेखि १० वर्षभित्र कतारको यो लगानी केही सुस्त हुनसक्छ । किनभने अब कतारले ३५ विलियन अमेरिकी डलर लगानी गर्ने तयारी गरिरहेको थियो, तर वातावरण धमिलिदै गएको छ ।
प्रोपर्टी रिसर्च कम्पनी डाचाका अनुसार लन्डनमा कतारीसँग ८७९ कमर्सियल र रेजिडेसियल सम्पत्ति छ । यहाँ २६ मिलियन स्विकयर फिट जमिन कमर्सियल क्याटवरीमा आउँछ । यो प्रोपर्टी साम्राज्यको केन्द्रमा केनेरी वार्फ ग्रुप हो, जसलाई कतारले ब्रुकफिल्ड प्रोपर्टी पाटनर्ससँग मिलेर २०१५ मा २ दशमलब ६ बिलियन पाउन्डमा किनेको हो । यो समूहसँग लन्डनको साउथ बैंकमा बनिएको सेल सेन्टर र २० फेनचर्च स्टिट (वाकी टकी बिल्डिङ) छ ।
यो सँगै लन्डनको सेवाय होटलमा १० प्रतिशत सार्ड होटलमा ९५ प्रतिशत लगानी कतारीहरुको छ । हालै मात्र हेराडस डिपार्टमेन्टले स्टोरलाई १ दशमलब ५ बिलियन पाउन्डमा कतारले खरिद गरेको छ । यसबीचमा कतार इन्भेस्टमेन्ट अथोरिटीको रियल स्टेट डेभलपमेन्ट युनिटले लन्डनको ग्रोसवेनर स्केवयरमा रहेको अमेरिकी दूतावासलाई लग्जरी होटलमा बदल्न सुरु गरेको छ । सन् २०१२ को ओलम्पिक एथलिट भिलेजको विकास र त्यस्तै अरु परियोजनामा काम जारी छ । उक्त काम सम्पन्न भएपछि चार हजार आवासीय युनिट लिजमा दिइने छ । यदि होटलमा लगानीको हिसाब गर्ने हो भने कतारसँग बार्कले, कर्नाट, पार्क लेनमा इन्टरकन्टिनेटल र क्लेरिजजस्ता तमाम होटलहरु छन् ।
बेलायतले आयात गर्ने इन्धनमा २९ प्रतिशत प्राकृतिक ग्यास कतारबाट ल्याउँछ । बेलायत आफूलाई आवश्यक पर्ने इन्धन कतारबाट ठूलठूला जहाजबाट मिडफोर्ड हेवनको दक्षिण टर्मिनलबाट सप्लाइ गर्छ । यो टर्मिनलमा कतार पेट्रोलियमको ६७ दशमलब ५ प्रतिशत हिस्सा छ । यसबाहेक कर्पोरेट घरना जस्तो सेन्सबरीमा २२ प्रतिशत, लन्डन हिथ्रो एयरपोर्टमा २० प्रतिशत, ब्रिटिस एयरवेजको मालिक कम्पनी इन्टेनेशनल एयरलाइन्स ग्रुपमा २० प्रतिशत हिस्सा छ ।
कतारले बेलायतमा गरेको लगानी विवादमुक्त भने छैन । मसलन, चेल्सी बेरक्स साइटको नयाँ डिजाइन प्रिन्स फिलिप्सलाई मन परेन । त्यही कारण सन् २०१५ सम्म उक्त प्रोजेक्ट रोकिएको थियो । यसको साथै सन् २००८ मा कता र अबुधावीले बार्कले बैंकमा ७ दशमलब ३ बिलियन पाउन्ड लगानी गरेका थिए, त्यसमा ४ बिलियन पाउन्ड कतारको हो ।
बेलायत सरकारले बेल आउट प्याकेजलाई साइट लगाउन बार्कले बैंकमा लगानी जुटाउने विधिबारे दुईवटा अनुसन्धान भइरहेको छ । यसका साथै ७ सय मिलियन पाउन्डबारे पनि अदालतमा मुद्दा चलिरहेको छ । यद्यपि कतारले गरेको लगानीबारे अनुसन्धानको घेरामा छैन । उक्त बैंकमा कतारले ६ प्रतिशत हिस्सा छ ।
कतारलाई बेलायतले बैंकिङ उद्योगमा अन्य विधिबाट पनि प्रवेश गराएको छ । जस्तो घाटामा सञ्चालन भएको पेनमर स्टाक ब्रोकर तथा इन्भेस्टमेन्ट बैंकमा ४४ प्रतिशत सेयर किनेको छ । यसको उद्देश्य पेनमरलाई बलियो बनाएर बेलायतको प्रमुख इन्भेस्टमेन्ट बैंकका रुपमा स्थापित गर्नु हो ।
स्रोत ः बीबीसी