८ बैशाख २०८१, शनिबार
Follow Us

निर्धारित मितिमै निर्वाचन हुन्छ : उपप्रधानमन्त्री गच्छदार

नेपालब्रिटेन डट कम्
२८ जेष्ठ २०७४, आईतवार १५:१०

विराटनगर । उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले स्थानीय तहको दोस्रो चरणको निर्वाचन निर्धारित मितिमै हुने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज अपराह्न पत्रकारसँगको कुराकानीमा उहाँले निर्वाचनको मिति नसर्ने र राष्ट्रिय जनता पार्टीलाई निर्वाचनमा सहभागी गराउन सरकार हरसम्भव प्रयासरत रहेको जानकारी गराउनुभयो । निर्वाचनलाई सार्थक बनाउन निर्वाचनसम्बन्धी केही प्रावधानलाई सहज बनाउन सरकार लागि परेको उल्लेख गर्दै उहाँले निर्वाचन आयोगको सहमतिमा निर्वाचनसम्बन्धी ऐन, नियमलाई थप सहज बनाएर सबै पक्षलाई निर्वाचनमा सहभागी गराउने प्रयास भइरहेको स्पष्ट पार्नुभयो ।
उहाँले संविधानलाई सर्वस्वीकार्य बनाउन निर्वाचनपछि दलको सहमतिमा संविधान संशोधन प्रक्रियाअघि बढ्ने बताउनुभयो ।