१३ बैशाख २०८१, बिहीबार
Follow Us

प्रधानमन्त्री देउवालाई भारतको बधाइ मात्र भ्रमणको निम्तो छैन

नेपालब्रिटेन डट कम्
२९ जेष्ठ २०७४, सोमबार ०५:५५

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतले बधाइ मात्र दिएको छ, भ्रमणका लागि निम्तो दिएको छैन । नेपालमा नयाँ प्रधानमन्त्री नियुक्त भएपछि बधाइ र भारत भ्रमणको निम्तो दिने परम्परा हो । तर त्यो परम्परालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले क्रमभंग गर्दै प्रधानमन्त्री देउवालाई बधाइ मात्र दिएका छन् ।
संविधान जारी गर्नुअघि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई प्रधानमन्त्रीमा नियुक्त भएपछि बधाइसँगै उपयुक्त समयमा भारत भ्रमण हुनेछ भन्ने शब्द राखेर निम्तो दिएको थियो । त्यसपछि केपी ओली प्रधानमन्त्री भएका थिए । त्यसबेला नेपाल–भारत सम्बन्ध गम्भीर समस्यामा परेका थियो । त्यस्तो बेलामा पनि भारतीय प्रधानमन्त्री मोदीले ओलीलाई बधाइ तथा भारत भ्रमणको निम्तो दिएका थिए ।
त्यसपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भए । उनलाई पनि बधाइसँगै भारत भ्रमणको दिइएको थियो । उनले समय मिलाएर भारत भ्रमण पनि गरेका थिए । अहिले देउवालाई प्रधानमन्त्री भएलगत्तै बधाइ त दिए तर उपयुक्त समयमा भारत भ्रमणका लागि निम्तो भने दिइएको छैन ।
भारतीय सञ्चारमाध्यमहरुले भारत नजिकका प्रधानमन्त्री भनेर चर्चामा ल्याउँदा प्रधानमन्त्री देउवा जति खुशी थिए त्यत्ति नै दुःखी भारतले भ्रमणको निम्तो नपाएर भएका छन् । भ्रमणको निम्तो नपाएपछि प्रधानमन्त्री देउवा तनावमा छन् । भारतले किन भ्रमणको निम्तो दिएन भन्ने विषयमा कूटनीतिक माध्यमबाट परराष्ट्र मन्त्रालयले खोजविन थालेको छ । यता देउवाले पनि भारतीय चाहना बुझ्न व्यक्तिगत ढंगले एकजना विशेषदूत दिल्ली पठाएको बुझिएको छ ।
– सुनयना राउत